एभरेस्ट स्मार्टमा बाल क्लव
बिर्तामोड । बिर्तामोड वडा नं. ६ स्थित बुट्टावारीमा रहेको एभरेस्ट स्मार्ट एजुकेसन एकाडेमीमा बाल क्लव गठन गरिएको छ । विद्यालयले विद्यार्थीहरुलाई पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सक्रिय बनाउने उद्देश्यले एभरेस्ट बाल क्लबको स्थापना गरेको हो ।
क्लबको अध्यक्षमा नित्या शाह निर्वाचित भइन् भने उपाध्यक्षमा आहाना शेर्पा, सचिवमा उष्णवी मैनाली, सह–सचिवमा आयुष अधिकारी, कोषाध्यक्षमा निकिता तामाङ र सदस्यहरुमा सौर्य अग्रवाल, नियम ओली, प्राप्तिका निरौला, सगुन भट्टराई, एरिका चम्लागाईं र न्युसन बुढाथोकी निर्वाचित भएका छन् । विद्यालयको आफ्नै सभाहलमा सम्पन्न एक कार्यक्रमकाबीच क्लबको स्थापना र निर्वाचित पदाधिकारीहरुको घोषणा गरी ब्याच समेत वितरण गरिएको थियो ।
बालवालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयकी प्रधानाध्यापक पुष्पाञ्जली ठकुरी सिन्हाले गरेकी थिइन् ।
प्रमुख अतिथी पौडेलले विद्यार्थीहरुलाई बाल क्लबको महत्व, क्लबमा लाग्नु पर्ने कारण र क्लबको आवश्यक्ता लगायतका कुराहरु बारे विद्यार्थीलाई जानकारी गराएका थिए ।
कार्यक्रमको संचालन विद्यालयको शिक्षक दधिराम खनाल र फेकल पर्सन तृष्णा अधिकारीलेल गरेका थिए । करीव २५० जना विद्यार्थी रहेको उक्त विद्यालयमा पदाधिकारी तथा सदस्य गरि जम्मा १० सदस्यको समिति लोकतात्रिक विधि र पद्दति अनुरुप निर्वाचित गरेको जानकारी विद्यालयकी फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...