“राजनीति स्वस्थ भए खेलकुद स्वस्थ हुन्छ”
इटहरी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेतले राजनीतिक रुपमा स्वस्थ मुलुक नै खेलकुदमा पनि समृद्ध बन्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको दोस्रो विस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
“राजनीति भनेकै मियो हो” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका १ नम्बर प्रदेश कमिटी इञ्चार्ज बस्नेतले भने, “त्यसैले सबै क्षेत्रलाई डोहोर्याउने भनेकै राजनीति हो, अरु पक्ष त त्यसका अंग प्रत्यङ्ग हुन् ।”

“यो महासंघ राजनीतिसँग सोझै जोडिएकाले यो विशुद्ध खेल संगठन मात्रै होइन” सुनसरीको इटहरीमा आयोजित प्रदेशस्तरीय सो बैठकमा उनले भने, “त्यसैले पार्टीको आन्तरिक जीवनमा आमूल परिवर्तन ल्याउन प्रशिक्षक तथा खेलाडीहरु गम्भीर बन्न जरुरी छ ।”
सो अवसरमा पार्टीका पोलिट ब्यूरो सदस्य तथा १ नम्बर प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं पार्टीका पोलिट ब्यूरो सदस्य राजन राई, महासंघका केन्द्रीय कमिटी अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार विष्टलगायतले सम्बोधन गरेका थिए ।

त्यसक्रममा महासंघबाट प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा प्रतिनिधित्व गर्ने हंशराज वाग्लेसहित बोर्डका सदस्यहरु तथा प्रदेशभरका जिल्ला खेलकुद विकास समितिहरुको अध्यक्ष, उपाध्यक्ष एवं सदस्यमा मनोनित हुनेहरुलाई सम्मान पत्रसहित बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
महासंघका १ नम्बर प्रदेश कमिटी अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको सो बैठकमा स्वागत महासंघका प्रदेश सह इञ्चार्ज किशोर शाही र सञ्चालन महासंघ प्रदेशका प्रथम उपाध्यक्ष गणेश बुढाथोकीले गरेका थिए ।
“सम्पूर्ण अग्रगामी खेलकर्मीहरु एकजुट होऔँ, समृद्ध खेलकुद सहितको समाजवाद स्थापना गरौँ” भन्ने मूल नारालाई आत्मसात गर्दै सो बैठक सम्पन्न भएको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
