एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’

मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ ।
चार मिनेट २० सेकेण्डको म्यूजिक भिडियोमा पुरानो परम्परा र नयाँ पुस्ताको युगको अन्तरलाई बुझाउने कोसिस गरिएको छ । म्यूजिक भिडियोको सुटिङ मेचीनगर–३ को विभिन्न स्थान, टोकला चिया बगन र काँकरभिट्टामा गरिएको थियो ।
मेचीनगर–३ स्थित थेसिस इङ्लिस स्कूलबाट भर्खरै एसईई पास गरेका नवोदित कलाकार रुचालले म्यूजिक भिडियोमा अघि बढ्ने सपना रहेको बताए । रुचाल पाँच वर्षदेखि म्यूजिक भिडियोको प्रशिक्षणमा छन् । उनलाई म्यूजिक भिडियोका प्रशिक्षक अर्जुन दाहालले प्रशिक्षण दिइरहेका छन् ।
म्यूजिक भिडियोमा कलाकारहरु सोही स्कूलका कक्षा १० मा अध्ययनरत छात्रा रितिका योगी, परिवर्तन थिएटरका कलाकार लोमस पौडेल लगायतको अभिनय रहेको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण...

मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि...

मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका...

मेचीनगर । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक...

मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल...

बुद्धशान्ति । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक...