रोटरी मेचीनगर : मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अन्तरक्रिया
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको बिद्यमान समस्या बन्दै गइरहेको बताएका छन् ।

रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउदैँ यस क्षेत्रलाई निरूत्साहीत बनाउन सबै लागि पर्नु पर्नेमा जोड दिए ।

देशमा बेरोजगार तथा नेपाल(भारत खुल्ला सिमाना भएका कारण रोजगारीको विभिन्न प्रलोभनमा परी नेपालीहरू भारतलगायतका अन्य देशमा बेचिने गरेका छन् । उनले भने, झस्थानीय क्षेत्रमा नै प्रशस्त रोजगारीको अवसर सृर्जना गर्नसके धेरै हतसम्म यो समस्या तुरुन्त हल गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै माइती नेपाल क्षेत्रिय कार्यालय काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरे, शक्ति समूह काँकरभिट्टाकी प्रमुख रत्ना श्रेष्ठ, विश्व सेवा विस्तार काँकरभिट्टाकी प्रमुख अनिता गुरागाई, आफन्त नेपाल काँकरभिट्टाकि प्रतिनिधि अञ्जली तामाङ, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरिक्षक सुनिलकुमार श्रेष्ठलगायतले यो सामुहिक समस्या भएकाले यसको समाधानका लागि सरकार, संघसंस्था, नागरिक समाज सबै लागि पर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरूको सहगागीता रहेको थियो ।

रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत रोट्रयाक क्लब अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ मेचीनगरका सचिव कृष्ण काफ्लेले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
