काँकरभिट्टा भ्यूटावर : व्यवसायीलाई ६५ लाख नियम बिपरीत पेश्की

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा भ्यूटावर बनाउन निर्माण व्यवसायीलाई नियम बिपरीत ६५ लाख ९८ हजार रुपैयाँ पेश्की दिएको पाइएको छ ।
भ्यूटावर बनाउन नगरपालिकाले ६ करोड ४५ लाख २६ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी एक निर्माण व्यवसायीसँग ३ करोड ७९ लाख ८६ हजार रुपैयाँको सम्झौता गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ ।
हाल अलपत्र अवस्थामा रहेको भ्यूटावर परियोजना अघि बढाउने कि नबढाउने भनेर नगरपालिका नै दोधारमा रहेको छ । तर निर्माण व्यवसायीले लगेको पेश्की नियमसंगत नदेखिएको प्रतिवेदनले प्रष्ट भनेको छ ।

फोटो : अर्जुन कार्की
प्रदेश सरकार, उद्योग वन तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको ३ करोड २९ लाख ९३ हजार ५ सय ८३ रुपैयाको लागत सहभागितामा भ्यूटावर निर्माण सूरु गरिएको थियो । भ्यूटावरको २०७७ साल माघ १ गते शिलन्यास गरिएको थियो । तर प्रदेश सरकारवाट आउने रकम रोकिएपछि निर्माण कार्य अलपत्र परेको हो ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...