नीता पोखरेलको ‘प्रयास’ लोकार्पण

मेचीनगर । मेचीनगर-१० धुलावारी निवासी नीता पोखरेलद्वारा लिखित पहिलो कविता संग्रह ‘प्रयास’ को लोकार्पण गरिएको छ । शनिवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच पुस्तक ‘प्रयास’ को लोकापर्ण गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पूर्व मन्त्री माननीय योगेश भट्टराईले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणमा बोल्दै पूर्व मन्त्री भट्टराईले मानिसले आफूभित्रको भावनालाई साहित्य मार्फत प्रस्फुटन गर्दै समाज रुपान्तरणमा थुप्रै श्रष्ठाहरुले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै यस ‘प्रयास’ नामक कविता संग्रहले पनि समाजमा सकरात्मक प्रभाव छोडने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संविधानसभा सदस्य माननीय रविन कोईराला, डा. देवी नेपाल, बिष्णुकुमारी पोखरेल, रिसव घिमिरे, डा मिना उप्रेती, बिजय चालिसे सुमन बर्षा लगायतको सहभागिता थियो ।
लोकार्पण गरिएको पुस्तक प्रयासको समिक्षा डा. देवी नेपाल, रिसव घिमिरे र सुमन वर्षाले गरेका थिए ।उनीहरुले पोख्ररेलले गरेको प्रयास मिहिनेत नै पुस्तक प्रयास बनेको बताए ।
लोकार्पण कार्यक्रमको स्वागत डा.मिना उप्रेती तथा संञ्चालन अनन्त प्रकाश वस्तीले गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...