नीता पोखरेलको ‘प्रयास’ लोकार्पण
मेचीनगर । मेचीनगर-१० धुलावारी निवासी नीता पोखरेलद्वारा लिखित पहिलो कविता संग्रह ‘प्रयास’ को लोकार्पण गरिएको छ । शनिवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच पुस्तक ‘प्रयास’ को लोकापर्ण गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पूर्व मन्त्री माननीय योगेश भट्टराईले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणमा बोल्दै पूर्व मन्त्री भट्टराईले मानिसले आफूभित्रको भावनालाई साहित्य मार्फत प्रस्फुटन गर्दै समाज रुपान्तरणमा थुप्रै श्रष्ठाहरुले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै यस ‘प्रयास’ नामक कविता संग्रहले पनि समाजमा सकरात्मक प्रभाव छोडने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संविधानसभा सदस्य माननीय रविन कोईराला, डा. देवी नेपाल, बिष्णुकुमारी पोखरेल, रिसव घिमिरे, डा मिना उप्रेती, बिजय चालिसे सुमन बर्षा लगायतको सहभागिता थियो ।

लोकार्पण गरिएको पुस्तक प्रयासको समिक्षा डा. देवी नेपाल, रिसव घिमिरे र सुमन वर्षाले गरेका थिए ।उनीहरुले पोख्ररेलले गरेको प्रयास मिहिनेत नै पुस्तक प्रयास बनेको बताए ।
लोकार्पण कार्यक्रमको स्वागत डा.मिना उप्रेती तथा संञ्चालन अनन्त प्रकाश वस्तीले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
