सिद्धी खोला सिचाईको साधारण सभा सम्पन्न
मेचीनगर । सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाको ५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर २ बौद्धमोड स्थित मेची जनसाधारण मावि परिसरमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कृषि क्षेत्रमा विकास गर्न सके मात्रै देशमा आर्थिक समृद्धि सम्भव रहेको बताए । साथै उनले कृषिमा सफलता हासिल गर्नसके आम नागरिकको जिवनस्तर सृदृढ हुने बताए । साथै उनले कृषि क्षेत्र र किसानको जिवनस्तर उकास्न आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभाको खुल्ला सत्रमा प्रमुख अतिथि बुढाथोकी, मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, मेचीनगर ४ का वडासदस्य पवन बराईली, गिता मगर, धनमाया कोइराला, साना किसान सहकारी संस्थाका प्रबन्धक पोसक दर्जी, बाहुण्डाँगी खानेपानी संस्थाका अध्यक्ष सनत अधिकारी, सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका पूर्व अध्यक्ष हरि चम्लागाई, पूर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मेचीनगर १, २, ३ र ४ (साविक बाहुण्डाँगी गाबिस) क्षेत्रमा फैलिएको सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाले पूर्णरुपमा सञ्चालन हुँदा १७ सय हेक्टर क्षेत्रफलमा सिचित गर्ने छ ।
सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष नीलकण्ठ तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा पर्वता घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
