मेचीनगर नगरपालिका : नदिजन्य पदार्थ उत्खननमा रोक
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो ।
विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै विवादमा समेत आएको मेचीनगरमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदि दोहन बन्द गरेको हो । नगर प्रमुख बुढाथोकीको पहलमा मेचीनगर क्षेत्रका नदिमा अवैध उत्खनन रोकिएको छ । योसंगै अब मेचीनगरमा अवैध उत्खनन समाप्त हुने नगरबासीले अपेक्षा समेत गरेका छन् ।
मेचीनगर र नदीजन्य सामाग्री उत्खन्न गर्ने कम्पनीका बीच भएको सम्झौता अनुरुपको काम सम्पन्न भएपछि थप उत्खन्न हुन नदिन नदीमा रोक लगाइएको उपप्रमुख मीना पोखरेलले बताइन् ।
नदी उत्खन्नमा रोक लगाइको बारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकिएको मेचीनगर आर्थिक संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए । यो निर्णयको उल्लङघन गरे कार्वाही गरिने उनले बताए ।
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा...
मेचीनगर । झापाको मेचीनगर–१४ की चेली तुलसामाया शिवाकोटी...
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल...
बिर्तामोड । एसियन हाइवेअन्तर्गत पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा(लौकही सडक...
मेचीनगर । ओमानमा ढेड वर्षदेखि अस्पतालमा अचेत अवस्थामा...