।। कविता ।। जूनको मर्म नबुझ्दा…
चहकिलो जूनको मर्म नबुझेकै हुँ ।
मधुरो चन्द्रमाको भरोसा गरेकै हुँ ।।
सबै रातलाई उस्तै देख्नु भूल भयो ।
औंशीको रातमा पूर्णिमा खोज्नु भूल भयो ।।
चन्द्रग्रहणको झस्का नपाएको पनि त होइन ।
अनि धब्बा मेटाउन नखोजेको पनि होइन ।।
जिन्दगीको धनीपूर्जा लुकाउनु तिम्रै कमजोरी भो ।
बिछ्याइएको इन्द्रजालमा पर्नु मेरै कमजोरी भो ।।
गगन र पातालबीचको अन्तर बुझाएकै थिएँ ।
बुझेर पनि बुझ किन पचाउँछौ भनेकै थिएँ ।।
धाइजन, झापा ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
