रहिसाको जन्मोत्सव : बाल उद्वार केन्द्रलाई १ लाख सहयोग

मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् ।
उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् ।
उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका लागि नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।
रहिसाका श्रीमान आदित्य अधिकारी हाल अमेरिकामा छन् । रहिसाको जन्मदिनमा बाल केन्द्रलाई सहयोग गर्न भनेर आदित्यले सो रकम पठाईदिएको बताईएको छ ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...