१० लाख राशिको फ्री फायर” च्याम्पयनसिप, नेपालमा पहिलो पटक आयोजना हुँदै

अनलाइन गेम “फ्री फायर” ले नेपालमा पहिलो पटक “फ्री फायर नेपाल च्याम्पियनसिप” घोषणा गरेको छ ।
कूल १० लाख राशीको उक्त च्याम्पियनसिप कूल ५ हजार १८४ टोलीले सहभागिता जनाउने ‘गरिना फ्री फायर’ कम्पनीले जनाएको छ । फ्री फायर भनेर चिनिने उक्त गेमको उत्पादक ‘गरिना फ्री फायर’ हो ।
यही २६ जेठ (जुन ९) देखि साउन १ (१७ जुलाई) सम्म हुने उक्त प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ पाउने कम्पनीले बताएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुनको लागि आज देखि जेठ १७ सम्म आवेदन दिनुपर्नेछ । आवेदन दिने लिंक फ्री फायरको सोसल मिडियाहरूमा शेयर गरिने जनाइएको छ ।
सहभागी टोलीहरूले चार चरण पूरा गर्नुपर्नेछ र सबै खेलहरू ब्याटल रोयल स्क्वाड मोडमा खेलाइने बताइएको छ ।
जेठ २६ गतेदेखि छनौट सुरु हुनेछ । शीर्ष १२ टोलीहरू असार १७ (जुलाई १) देखि असार २६ (जुलाई १०) सम्म लिग चरणमा प्रवेश गर्नेछन् ।
सबै खेलहरू फ्री फायर नेपालको फेसबुक र युट्युव च्यानलमा लाइभ गरिनेछ ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...