मेचीनगर ७ वडा कार्यालयमा राष्ट्रिय झण्डाको अपमान
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ को वडा कार्यलयमा राखिएको राष्ट्रिय झण्डा धुजा धुजा हुँदा समेत कार्यालयले बेवास्ता गरेको छ।
मेचीनगर नगरपालिका वडा नम्बर ७ को कार्यालय पूर्वपश्चिम राजमार्ग अन्तर्गत इटाभट्टा चोकमा रहेको छ । पूर्वपश्चिम राजमार्ग भएर दैनिक यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको नजर पर्ने उक्त कार्यालयमा राखिएको राष्ट्रिय झण्डा दयनीय अवस्थामा रहँदा समेत त्यहाँका कर्मचारीहरुले बेवास्ता गरेका हुन् ।
राष्ट्रिय झण्डाको अपमान तथा दुरुपयोग भएको भन्दै स्थानीय बासिन्दाले सामाजिक सञ्जाल मार्फत आवाज उठाइ रहँदा समेत देश र राष्ट्रको हितमा काम गर्ने कसम खाँदै जागिर खाएका त्यस कार्यालयका कर्मचारीहरुले बेवास्ता गर्दै आएका छन्,। यस बिषयमा हामी बुझ्न जाँदा कार्यालयमा कर्मचारी समेत नभएको पाइएको थियोे ।

मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ८, दफा १५१ बमोजिम राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था समेत रहेको छ।
दफा १५१ उपदफा ९१० मा कसैले कुनै पनि गलत नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, बस्तु वा अवस्थामा त्यस्तो गान झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भनी व्यबस्था गरेको छ भने उपदफा (२) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
देशको शान र पहिचानका रुपमा रहेको नेपालको ‘झण्डा’लाई पछिल्ला समयमा आफूखुसी विज्ञापन , कार्यक्रम र रुप रंग नै बिगारेर बनाउने कार्यमा प्रयोग गरी दुरुपयोग गर्ने कार्य दैनिक रुपमा दुरुपयोग हुँदै गएकोले सरकारले कार्यबिधि नै बनाएर २०६९ जेठ २२ गतेदेखि लागू गरेको थियोे ।
राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा शर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइनेछैन भनेको छ । कार्यविधिको परिच्छेद ४ मा कुनै पनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको दुरुपयोग भएनभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ ।
गृह मन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय झण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यबाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।
राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि गर्न नपाउने भन्दै सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ जारी गरेको थियो । २०६९ जेठ २२ गते तत्कालीन गृहसचिव सुशील जंग बहादुर राणाले राष्ट्रिय झण्डा र राष्ट्रिय गान कार्यविधि–२०६९ जारी गरे पनि सरकारी मातहतबाटै झण्डाको दुरुपयोग रोक्ने तर्फ ध्यान नजाँदा यसको दुरुपयोग बढेको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
