मेचीनगर–६ मा नेपाली काँग्रेसका ललित तामाङ विजयी

मेचीनगर । मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् ।
सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । थापाले २२२४ मत प्राप्त गरेका छन् ।
तामाङले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेका राजु पोखरेललाई २ मतले हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...