मेचीनगर–१४ मा माओबादीका बाबुलाल सुब्बा विजयी

मेचीनगर । मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं. १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् ।
उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् ।
पोखरेल निवत्र्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए ।
एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपाली सुब्बाले पोखरेललाई पराजित गरेका छन् ।
सम्भवतः २०४८ सालको चुनाव यता यस वडामा एमालेले लगातार जितिरहेको थियो ।
बिजयी भएका सुब्बा कराते खेलका अन्तर्राष्ट्रिय पदक प्राप्त नेपाली खेलाडी हुन् । उनी सामाजिक सेवामा पनि अग्रणी छन् ।

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा...

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि....

बिर्तामोड । व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट...

काँकडभिट्टा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका...