मेचीनगर–१ मा एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी छ । उनीहरूल् प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि पहिलो पटक २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा पनि त्यो वडामा एकजना सदस्य बाहेक अन्य पदाधिकारी सबै पदाधिकारी नेकपा एमालेकै उम्मेद्वार विजयी भएका थिए । वडाले विजयी र्यालीको तयारी गरीरहेको एमाले नेता मञ्जिल मानवले जानकारी दिए ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
