मेचीनगरको मतगणना वडा नं १ बाट सुरु
मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर-१ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो ।
मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।
हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।
विहान ८ वजेदेखि सुरु हुने भनिएको सर्वदलीय बैठक १० वजे मात्र सुरु भएको थियो । दलीय सहमति अनुरुप मतगणना सुरु भएको छ ।

नगरको १५ वटै वडाको १०२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम शनिवार राति नै सम्पन्न भएको थियो ।
पहिलो चरणमा वडा नम्बर १ देखि मतगणना सुरु भएको बुझिएको छ ।
मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेराबीच राखिएको थियो ।

मेचीनगरमा ७०।२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

