मेचीनगरको मतगणना विहान ८ बजे पछि सुरु हुने
मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना अहिले विहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका बुझाउने काम नै हिजो मध्यरातिसम्म लागेकाले आज विहान ८ बजेदेखि मतगणना सुरु गरिने मेचीनगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।
मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेरामा राखिएको निर्वाचन अधिकृत फुयलले जानकारी दिए ।
हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
