लोकप्रिय उम्मेदवारले टिकट पाएसँगै मेचीनगर जित्दैछ एमाले



झापा- धुलाबारी नगरउन्मुख गाविस र काकरभिट्टा गाविस मिलेर २०५३ मा घोषित मेचीनगर नगरपालिकामा २०७२ को संविधान पछि बाहुन्डाँगी, धाइजन, दुहागढी र ज्यामिरगढी गाविस मिसिएर हालको मेचीनगर नगरपालिका घोषणा भएको हो । २०५४ को स्थानीय निर्वाचनमा नेकपा (एमाले)का रविन कोइरालाले मेयर जितेको नगर २०७४ को स्थानीय तहमा भने कांग्रेसको पोल्टामा पुग्यो । कांग्रेसका विमल आचार्यले एमालेका उम्मेदवार विष्णु प्रसाईलाई १५ सय भन्दा बढी मतले हराएका थिए । उपमेयर सहित बहुमत सदस्य विजयी हुँदै गर्दा नेकपा (एमाले)ले मेयर गुमाउनु परे पनि हाल २०५३ सालको विरासत फिर्ता गर्ने दाउमा छ एमाले गोपाल बुढाथोकीको नेतृत्वमा ।

नेकपा (एमाले)का उम्मेदवार विष्णु प्रसाईंले जित्ने आशा गरिएको चुनाव हारे पछि झापा जिल्लाका नेता तत्कालिन संविधान सभा सदस्य रविन कोइरालालाई दोषारोपण गर्दै मनमुटाव बढेको स्थानीय कार्यकर्ताले बताउने गरे पनि हालको निर्वाचनमा एमाले विवाद रहित देखिएको छ । एमाले मेचीनगरका एकजना स्थानीय नेता भन्छन ‘त्यतिखेर बिष्णु प्रसाईलाई अन्तरघात भएकै थियो, र तत्कालिन रुपमा त्यो दोष नेता रविन कोइरालालाई लगाए पनि हाल आएर उहाँले अन्तरघात नगरेको पुष्टि भएको छ, बरु त्यसको भागीदार त्यतिखेरै शंकाको घेरामा रहेका र हाल नेकपा (एमाले) छोडेका अवसरवादी नेता डिल्ली घिमिरे भएको उनकै व्यवहारले पुष्टि गरेको छ । त्यसकारण यो चुनावमा विष्णु प्रसाई र रविन कोइरालाहरु एकढिक्का भएर अगाडी बढीरहेको छन गोपालचन्द्र बुढाथोकिलाई लिएर ।’

यता २०७४ को निर्वाचन जितेको कांग्रेस गठबन्धनलाई लिएर यसपटक पनि जित्ने दाउमा छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र भएकाले पनि उसको प्रतिष्ठाको विषय रहेको छ । कांग्रेसका एकजना नेता भन्छन्, ‘एकातिर हामीले महामन्त्री विश्वप्रकाश शर्मालाई लिएर २०७० र २०७४ सालको दुई दुई संघीय निर्वाचनमा हार व्यहोर्नु परेको छ भने अर्को तर्फ जानी नजानी स्थानीय नेतालाई कोपभाजनको शिकार बनाइएको छ । महामन्त्री हुँदै गर्दा उनकै क्षेत्रमा पनि सयौँ नेता गुटबन्दीका शिकार हुनुपर्ने र त्यहि कारण उनले हारिरहेको अवस्थामा अघिल्लो निर्वाचन जितेको यसपालि त गठबन्धन छ झन् जितिन्छ भन्नेमा आश गर्ने धेरै ठाउँ छैन ।’ राजनीति सबैको लागि हो भन्ने कुरा नेताले विर्सनु हुन्न भन्दै उनी थप्छन्, ‘दुई दुई पटक हारेर पनि फेरि झापा एकबाट विश्वप्रकाश नै उठ्ने भन्ने घोषणाले उनीपछिका राम कट्टेल, पंकज विक्रम नेम्वाङ, विमल आचार्य, मणि उप्रेती, केशवराज पाण्डेको पालो कहिले आउँछ र उनैलाई सहयोग गरिरहनु पर्ने’ भन्ने कुरा राजनीतिक भविष्यसँग जोडिएको हुँदा पनि कांग्रेसको माहोल बन्न सकेको छैन यस्तो अवस्थामा विश्वप्रकाश शर्माले घोषणा गर्नसक्नु पर्छ अब पालो तपाईहरुको भनेर ।’

नेपाली कांग्रेसले मेयर उपमेयरको टिकट वितरण गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको थियो त्यहि अधिकारको प्रयोग गर्दै प्रदेश कमिटीले विगतको प्रदेश सांसदमा पराजित चर्चित र व्यवसायिक नेता केशवराज पाण्डेलाई दिएको थियो जब उनी पत्र सहित नोमिनेसनमा पुगे तब केन्द्रबाट सोझै उनी भन्दा जुनियर र खासै राजनीतिक इतिहास नभएका इन्द्र बुढाथोकीलाई टिकट दिएको विज्ञप्ती जारी भए पछि नोमिनेसन स्थल मै दुई पक्षबिच विवाद र हात हालाहाल भएको थियो । एकातर्फ राजनीतिक कोपभाजनमा परेका ती समूहहरुको असहयोगको त्रास नेपाली कांग्रेसमा रहेको छ भने अर्कोतर्फ गठबन्धनका तर्फका माओवादीबाट उपमेयरको शसक्त दाबेदार रहेका काकरभिट्टाका माधव अर्यालले टिकट नपाएर धुलाबारीका प्रकाश भण्डारीलाई दिएपछि काकरभिट्टाका माओवादी एकजुट नभएको अवस्था रहेकोले असन्तुष्ट भोट कहाँ झर्छ भन्ने कुराले ठुलो अर्थ राख्ने देखिएको छ ।

नेकपा (एमाले)ले चुनावी मैदानमा स्थानीय चर्चित र राजनीतिक इतिहास बोकेका गोपालचन्द्र बुढाथोकीलाई उतारेको छ । उनी स्थानीय स्तरमा र कांग्रेस वृत्तमा पनि चर्चित हुनुहुन्छ । उहाँको निर्णय क्षमतालाई सबैले रुचाएका छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका बुढाथोकीले विभिन्न संघ संस्था, र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका छन । मजदुर क्षेत्रमा रहेर लामो समय काम गर्दै नेतृत्व समेत सम्हाल्नुभएका अनुभवले मजदुर उहाँको पक्षमा देखिएका छन् । यता सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका इन्द्रबहादुर बुढाथोकी बनेपछि गुट भित्र बेमेल भएको र उनको राजनीतिक विगत समेत राम्रो नभएकाले दुई बीच प्रतिस्पर्धा हुनै नसक्ने स्थानीय बताउँछन् । एकजना कांग्रेसका नेता भन्छन्, ‘कांग्रेसले उम्मेदवारी छनौटमा गल्ती गर्‍यो यसको फाइदा नेकपा (एमाले)ले लिँदैछ, हामी त भुई मान्छे, हाम्रो कुरा सुनुवाइ हुने हो भने दुई दुई पटक संघिय सांसदमा किन हारिरहन्छ यहाँ, र म जत्तीको मान्छे चुनावको बेला पनि घरमै बसिरहने परिस्थिति आइपर्छ ?’ भनी प्रतिप्रश्न गर्छन ।

मेचीनगरको उपमेयरमा भने रोचक भिडन्छ छ । नेकपा (एमाले)बाट दोहोरिएकी मिना उप्रेती, गठबन्धनका तर्फबाट प्रकाश भण्डारी, राप्रपाकी सविना कट्टेल बजगाई, नेकपा (एस) की शारदा शर्मा घिमिरे र एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका काकरभिट्टाका डिल्ली घिमिरे प्रतिस्पर्धामा छन् । मेचीनगरमा माओवादीको ७ हजार हाराहारी भोट मात्र रहेको र गठबन्धनमा माओवादीका उपमेयरका उम्मेदवार रहेका प्रकाश भण्डारीको विगतमा काग्रेस पार्टीसँगको सम्बन्ध राम्रो थिएन । हालका मेयरका उम्मेदवार इन्द्र बुढाथोकी अत्यधिक मादक पदार्थ सेवन गर्ने, घरगाउँका महिलाहरुलाई अभद्र व्यवहार गर्ने कारणले बदनाम भएका र उनैका कारण मेचीनगरकी एक नगरप्रहरीले जागिरबाट निकालिनु समेत परेको बेला उनै उपमेयरका उम्मेदवार प्रकाश भण्डारीको नेतृत्वले भाटे कारवाही गरेको थियो सोही कारण पनि धेरै कांग्रेसीहरु माओवादीलाई भोट हाल्न तयार देखिदैनन । गर्दा केही कांग्रेसको भोट राप्रपा तिर झर्ने देखिएकोले एमालेले उपमेयर पनि आफ्नो पोल्टामा आउने आंकलन गरेको छ ।

एमाले भित्रको चरम गुटबन्दीको शिकार मेचीनगर पनि हुँदै आएकोमा यसबखत एमालेजन एकढिक्का भएर अघि बढिरहेका छन भने नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा र बरिष्ठ नेता कृष्णप्रसाद सिटौला बिच सधै टकराव हुने गरेको इतिहास छ । मेचिनगर महामन्त्रीको निर्वाचन क्षेत्र भएको र सिटौलाका कार्यकर्ता सँधै पाखा लाग्ने अवस्था रहेकोले सिटौला र शर्मा बीचको टकराव मेचिनगरमा सँधै देखिरहन्छ । बिमल आचार्यसँग दुबैलाई मिलाउने क्षमता भएकैले मात्र उनले विजयी हुन सकेका हुन नत्र उनीपनि राजनीतिक कोपभाजनको शिकार हुनसक्ने थिए । यस्तो परिस्थितिमा नेकपा (एमाले)को लागि मेचीनगर सहज बन्दै गएको चुनावी माहोलले पनि देखाएको छ र उम्मेदवार देखि नेतासम्म मेचीनगर एमालेले जित्नेमा ढुक्क छन भने पार्टीले निर्णय गरेर टिकट दिइसकेपछि व्यक्ति भन्दा पार्टीसँग राजनीतिक प्रतिष्ठा जोडिएको हुनाले पार्टीलाई जिताउन सबै लाग्छन् भन्ने कुरामा काग्रेसका केही नेता ढुक्क छन कांग्रेसका मेयर उम्मेदवार बुढाथोकी भन्नुहुन्छ, ‘गठबन्धन उम्मेदवारलाई मत माग्न सबै नेता कार्यकता परिचालिन छन्, हाम्रो विवाद उम्मेदवारी हुनेमा थियो, उम्मेदवारी भइसके पछि हामी एकढिक्का छौ