काँकरभिट्टामा समस्यै समस्याको ‘चाङ’ ,सस्तो लोकप्रियताको नाममा दजनौ योजना अलपत्र



झापा ।। स्थानीय तहको निर्वाचन भएको पाच वर्ष बित्यो । द्धोस्रो पटक स्थानीय तहको निर्वाचन नजिकै आउँन लागेको छ । विगतका ५ वर्षमा हिजो जनप्रतिनिधि भएर गएका जनताका सेवक हरुले के के गरे ?
जनप्रतिनिधि हुने बेलामा हिजो मतदाता सँग सेवक बन्छु भनेर गरेको बाचा पाच वर्षमा पुरा गरे वा गरेनन् अनि हिजैका दिन तपाईको वडाका के कस्ता बिषयलाई पहिलो बिकासका बिषय बनाउँछौ भनेका थिए ,पुरा भए वा भएनन् ?
घोषण पत्रमा उल्लेख गरिएका बिषयमा कसरी पाच वर्ष बित्यो वा सस्तो लोकप्रियता कमाउँदै वडाका अधिकार्ष बिषय अधुरै रहे यो प्रश्न को बिषय बन्छ ?
नेपाल भारत प्रवेश द्धार काँकरभिट्टा सँगै जोडिएको स्थानीय तह मेचीनगर नगरपालिको काम कतब्य को पाच बर्ष खासै प्रगति लिन नसकेको जनताहरुको व्यापक गुनासो देखिन्छ ।
नगर प्रमुख नेपाली काग्रेस र उपप्रमुखमा नेकपा एमाले बाट विजयी भएका जनप्रतिनिधिहरुको ताल मेल मिल्न नसक्दा कामहरु अधुरै रहेको बिश्लेषण गरिन्छ । यो मात्रै हैन जनताको काम भन्दा बढी सस्तो लोकप्रियता कमाउँन स साना कार्यक्रममा नगर प्रमुख उपप्रमुख जानु उपयुत नभएको बताउँदै आइएको छ ।
नगर प्रमुख र उपप्रमुख ले नगरभित्र खासै काम गर्न नसक्नु नगरपालिका भित्रको कर्मचारी तन्त्र हावी भएकै कारण हो भन्छन् स्थानीय । जनप्रतिनिधिलाई कर्मचारीले मतलव नगर्दा सिफारीस भएका जनताका काम समयमा नहुने गरेको गुनासो हिजकै दिन बाट आउँने गरेको थियो ।
काँकरभिट्टामा समस्यै समस्याको ‘चाङ’
नेपालको प्रवेश द्धार मात्रै होइन मेचीनगरको ठुलो जनसंख्य भएको वडाका रुपमा समेत रहेको मेचीनगर ६ सबैको नजरमा पर्ने गदर्छ । नेपाल प्रवेश द्धार भएकै कारण पनि यो वडा बिशेष र संवेदनशील मानिन्छ । यसै वडा मा नेपाली काग्रेस बाट निर्वाचित वडाअध्यक्ष को पाच बर्षलाई जनताले दुइ प्रकारले बिश्लेषण गर्ने गरेका छन । वडाकै राम्रो भन्नेहरु यस मानेमा उनलाई राम्रो ठाने कि हिजो कोरोना को समय खटेको भन्दै प्रसंसा गर्ने गर्छन भने जनप्रनिधि भएपछि यो सामन्या हो भन्ने हरु पनि कम छैनन् ।
कोरोनाको समय बिशेष संवेदशील क्षेत्र काँकरभिट्टामा लकडाउँन भइरहँदा जनता सँग पैशा लिएर भारत बाट भारतीय औषधी ल्याउन उनी खटिएका थिए । नगरले दिएको जिम्मेवारी मात्रै पुरा गरेका उनलाई भगवान नै ठान्नेहरु पनि देखिए । नाकामा सो समय हुने अवैध तस्करी रोक्न उनले कहिले प्रहरी प्रशासन सँग समन्वय गर्न चाहेनन् ।
कोभिड हिरो भन्दै बिभिन्न मिडियामा सस्तो लोकप्रियता कमाउँन र आफुले गरेका काम आफै सामाजीक संजालमा पोष्ट गरेर आफुलाइ अब्बल बनाउँन खोजेका थिए । जवकी जनप्रतिनिधि मात्रै हैनन त्यो समय अन्य सामाजीक अभियान्ताहरु सडकमा ज्यानको बाजी लगाउँलै खटिरहेका थिए । उनीहरुलाई नगरले चिन्न सकेन तर जनप्रतिनिधि आफै कोभिड हिजो भन्न भ्याए । नगरपालिकाले नगर सभाका बिचमा कोभिडको समय खटेको भन्दै अर्का जनप्रतिनिधिलाई सम्मान गर्दा यी वडाध्यक्षले आफुले सम्मान नपाएको भन्दै नगरपालिका सँगको सम्बन्ध टाढा बनाउँदै गएको स्रोत बताउँछ ।
उनले कति औषधी भित्राए कुनै लेखा जोखा छैन् । चाए त्यो अवैध नै किन नहोस । कोरोना कहरको समयमा लकडाउँनले घरमा थलिएका निमुखा जनतालाई खाद्यन्न बितरणमा खटिएका बिभिन्न सामाजीक ब्यतिm,संघ सस्थालाई रोक लगाउँन खोज्ने पनि लगाउँन यसै वडाका जनप्रतिनिधिले भ्याएका थिए । सस्तो लोकप्रियता कमाएका यी जनप्रतिनिधिले वडाका समस्याको ‘चाङ’ लाई सम्बोधन गर्न कहिँले भ्याएनन् ।
काँकरभिट्टाको सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्ने तर्फ यि जनप्रतिनिधिको ध्यान जान सकेन् । काकँरभिट्टाको खेलमैदानमा रंगशाला बन्नका निम्ति आएको बजेट समयमा काम नहुदा फिर्ता भएको गएको थियो । यही कार्यकालमा भानुटोलमा अवस्थित न.पा.को जग्गामा सपिङ कम्प्लेक्स बनाउन आएको रकम कार्यनयन हुन नसक्दा यो अधुरै रहन पुग्यो । मेनपा – ६ मा रहेका बिबादास्पद मुद्दा पाच वर्ष सम्म अधुरै राख्यो । यसै क्षेत्रको मिनि मार्केट सपिङ्ग कम्प्लेक्सको पहल कदमी गर्न यी जनप्रतिनिधिको कुनै चासो रहेन । अनाश्यक रुपमा बिभिन्न सडकहरु कलोपत्रे गर्न विनियोजन गर्न यी जनप्रतिनिधिको मुख्य भुमिका रहेको थियो । बढ्दो जनघनत्व भएको क्षेत्रमा स्वास्थ चौकिमा २४ घन्टा ईमर्जेन्सी सुबिधा हुनुपर्ने ठाउँलाई सुधार गर्न आखाले भ्याउँन सकेन् ।
काँकरभिट्टाको बसपार्क चैत्र बैशाखमा हरेक पटक पानीको थोपा परेसँगै जलमग्न भइ आवात जावत गर्न कठिनाइ भइरहँदा यी पाच वर्षे कार्यकालमा जनप्रतिनिधिको नजर पुग्न सकेन् । यति मात्रै हैन जनताको घर अगाडीको नालामा महिनौ देखी ढल निकासा नहुदा कुहिएर गन्हाउँने अवस्था पुग्दा जनताको स्वास्थ माथि किन खेलबाड गरियो । मेचीपुलमा रहेको समाथी स्थल मा डोजर चलिरहँला वडा मौन बस्नु पनि यसै वडाका जनप्रतिनिधिको मिलेमतो भन्दा फरक पदैन् । हो यीनै ब्यतिm ब्यतिm हरु जनतालाई आफनो अधिनमा राख्न खोज्ने जनप्रतिनिधि जो सस्तो लोकप्रियता बाट फेरी वडाध्यक्षको रसमा भिजेर फेरी पाच वर्षे योजना लिएर जनतालाई बेकुप बनाउँन आएका छन ।