मेचीनगरमा थप चार जनाले छाडे कांग्रेस

धुलावारी । मेचीनगरमा चुनावी सरगर्मी बढ्दै गर्दा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।
शनिवार वडा नं. १० को प्रगति टोलमा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहँदा चार जना नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस छाड्नेहरुमा अमृत दाहाल, मणिकुमार दाहाल, भीमप्रसाद दाहाल र सीता दाहाल रहेका छन् ।
कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका ती कार्यकर्तालाई एमाले जिल्ला सदस्य हृदय राजबंशी र वडाध्यक्ष पदका उम्मेद्वार नारायण खनालले अबिर र खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।
ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिन थालनी गर्ने, भारतले नाकाबन्दी लगाउँदा नझुकी देशको स्वाभिमान उचो तुल्याउने, भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि फिर्ता ल्याउन चुच्चे नक्सा जारी गर्ने लगायतका अनेकौं राम्रा काम गरेको नेकपा एमालेलाई चुनावमा जिताउन आवश्यक रहेका हुँदा कांग्रेस त्यागेर एमालेमा प्रवेश गरेको चारै जनाले बताएका छन् ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...