मेचीनगरमा थप चार जनाले छाडे कांग्रेस
धुलावारी । मेचीनगरमा चुनावी सरगर्मी बढ्दै गर्दा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।
शनिवार वडा नं. १० को प्रगति टोलमा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहँदा चार जना नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस छाड्नेहरुमा अमृत दाहाल, मणिकुमार दाहाल, भीमप्रसाद दाहाल र सीता दाहाल रहेका छन् ।
कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका ती कार्यकर्तालाई एमाले जिल्ला सदस्य हृदय राजबंशी र वडाध्यक्ष पदका उम्मेद्वार नारायण खनालले अबिर र खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।
ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिन थालनी गर्ने, भारतले नाकाबन्दी लगाउँदा नझुकी देशको स्वाभिमान उचो तुल्याउने, भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि फिर्ता ल्याउन चुच्चे नक्सा जारी गर्ने लगायतका अनेकौं राम्रा काम गरेको नेकपा एमालेलाई चुनावमा जिताउन आवश्यक रहेका हुँदा कांग्रेस त्यागेर एमालेमा प्रवेश गरेको चारै जनाले बताएका छन् ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

