रसोई झापा सुपर लिगको फाइनल खेल आज
मेचीनगर । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बैशाख ३ गतेदेखि जारी प्रतियोगितामा ५ वटा टिमको सहभागीता रहेका थियो । ५ टिम सहभागी प्रतियोगिताको अंक तालिकामा शिर्ष स्थानमा रहेका २ टिमबीच आज उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। धुलाबारी अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल आइपुगेको हो भने बोस्टनले आफ्नो अन्तिम खेलमा रोमान्चक र उत्कृष्ट प्रदर्शन गर्दै तालिकाको दोस्रो स्थानमा आउन सफल भएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु। ३ हजार प्राप्त गर्ने छन् ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
