एमाले मेचीनगर : अझै टुङिगएन सातबटा वडामा वडाध्यक्षका उम्मेद्वार

मेचीनगर । नेकपा एमाले मेचीनगरमा वडाध्यक्षका सम्भावित उम्मेद्वारहरुको नामहरु लगभग पक्का भएको छ ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेचीनगरमा एमालेका वडाध्यक्ष उम्मेद्वारहरुको नामहरु पक्का भएको हो ।
एमाले मेचीनगरका एक नेताका अनुसार वडा नम्बर १ मा रामकुमार राई, २ मा दिपक बराल, ३ मा हर्कबहादुर वस्नेत, ४ मा अर्जुनकुमार कार्की, ५ मा कनक कार्की, ६ मा बालकृष्ण थापा, ७ मा प्रलादमणि ओली, ८ मा विकेन्द्र धिमाल, कुन्दन निरौला र चित्र धिमालको वडाध्यक्षमा नाम चर्चामा छ ।
त्यस्तै वडा नम्बर ९ म रेणुका डाँगी उप्रेती, कञ्चन तामाङ र चन्द्रमणि पौडेल, १० मा ह्दय राजबंशी र नारायण खनालको नाम चर्चामा छ । ११ मा रुद्र डाँगी, १२ मा मधुसुधन निरौला, १३ मा सुदर्शन बराल र मोहन खतिवडा, १४ मा शंकर पोखरेल, बिन्दा प्रसाई र दुर्गा धमला र १५ नम्बर वडामा मुरलीधर कोइरालाको नाम चर्चामा रहेको ती नेताले बताए ।
ती नेताका अनुसार यहि बैशाख १२ गते मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारहरुको नाम घोषणा गरिने छ ।

झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी...

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...