हल्दीबारीका उपाध्यक्ष डम्बर गिरीले दिए राजिनामा
झापा । झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार (आज) उनले गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन समक्ष पद बाट लिखित रुपमा राजीनामा दिएको हुन् ।
गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष थिए । आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा रहँदा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय÷प्रादेशिक कानुन तथा स्थानीय कानुनले सुम्पेको काम, कर्तब्य अधिकार जिम्मेवारी रुपमा बहन गरेको राजिना पत्रमा उल्लेख गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आफु संलग्न राजनैतिक पार्टीको कार्यमा खटिनु पर्ने राजिनामामा उल्लेख समेत गरेका छन् । गिरीले आफु उपाध्यक्ष पदमा रहि रहँदा गाउँपालिकामा पुर्याउनु पर्ने सेवा प्रवाहमा प्रतिकुल असर पर्ने भन्दै राजिनामा दिएको बताएका छन् ।
उनले राजिनामा पत्रमा भनेका छन् । नेकपा एमालेको स्पष्ट बहुमत रहँदा गाउँपालिका क्षेत्रभित्र भए गरेका सम्पूर्ण विकास निर्माण र सेवा प्रवाहको सम्वन्धमा गाउँपालिकाको अध्यक्ष नेतृत्वमा पुर्याएको सहगोगका लागि ब्यक्तिगत रुपमा धन्यवाद दिन चाहन्छु ।’ गिरीलाई पार्टीले अध्यक्ष पदको टिकट दिने पक्का भएपछि राजिनामा दिएको स्रोतले बताएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
