हल्दीबारीका उपाध्यक्ष डम्बर गिरीले दिए राजिनामा
झापा । झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार (आज) उनले गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन समक्ष पद बाट लिखित रुपमा राजीनामा दिएको हुन् ।
गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष थिए । आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा रहँदा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय÷प्रादेशिक कानुन तथा स्थानीय कानुनले सुम्पेको काम, कर्तब्य अधिकार जिम्मेवारी रुपमा बहन गरेको राजिना पत्रमा उल्लेख गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आफु संलग्न राजनैतिक पार्टीको कार्यमा खटिनु पर्ने राजिनामामा उल्लेख समेत गरेका छन् । गिरीले आफु उपाध्यक्ष पदमा रहि रहँदा गाउँपालिकामा पुर्याउनु पर्ने सेवा प्रवाहमा प्रतिकुल असर पर्ने भन्दै राजिनामा दिएको बताएका छन् ।
उनले राजिनामा पत्रमा भनेका छन् । नेकपा एमालेको स्पष्ट बहुमत रहँदा गाउँपालिका क्षेत्रभित्र भए गरेका सम्पूर्ण विकास निर्माण र सेवा प्रवाहको सम्वन्धमा गाउँपालिकाको अध्यक्ष नेतृत्वमा पुर्याएको सहगोगका लागि ब्यक्तिगत रुपमा धन्यवाद दिन चाहन्छु ।’ गिरीलाई पार्टीले अध्यक्ष पदको टिकट दिने पक्का भएपछि राजिनामा दिएको स्रोतले बताएको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
