वडास्तरीय फुटबल : मेचीनगर–७ वियजी
मेचीनगर । मेचीनगरमा सोमबारबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा वडानम्बर–७ ले वियजी यात्रा शुरु गरेको हो ।
प्रतिस्पर्धी वडानम्बर–४ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नम्बर–७ विजयी भएको हो ।
मेचीनगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बरबरी खेलेपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिइएको थियो । वडानम्बर–४ का आदित्य पराजुली, आर्यन भट्टराई, विप्लव प्रधान र विट्टु प्रधानको प्रहार गोलमा परिणत भएको थियो भने । रणजित रानाको प्रहार वडा नम्बर–७ का गोलरक्षक मेघा मोतेले बचाएका थिए ।
मोते खेलको म्यानअफ दि म्याच समेत घोषित भएका थिए । उनलाई प्रतियोगिता उद्घटान समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गरे ।
यसैगरी, वडानम्बर–७ का साईमन मगर, चेतन पौडेल, आषिश मगर, रोशन सुवेदी र रोशन करुवाको प्रहार वडा नम्बर–४ का गोलरक्षक सञ्जिव कार्कीले बचाउन सकेनन् । २१ गते हुने फाइनल विजयताले नगद १ लाख ५० हजार तथा उपविजेता टिमले नगद ७५ हजार र तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष एवम् वडा नम्बर–४ का वडाध्यक्ष नविन वरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि आचार्य, मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्ती लगायतले बोलेका थिए । कार्यक्रमको सहआयोजक स्थानीय बाहुनडाँगी युवा क्लब रहेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
