‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’
मेचीनगर, २ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले जनमत आफ्नो पक्षमा पार्न जनताको घर दैलो तथा बिभिन्न अभियान सुरु गरेका छन् ।
नेकपा एमाले सम्बद्ध मुक्ति समाज मेचीनगरले समेत आफ्नो पार्टीको जित सुनिश्चित गर्न नयाँ अभियान सुरु गरेको छ ।
समाजले ‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’ अभियान बुधबारबाट सुरु गरको छ । अभियानको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य रबिन कोइरालाले गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य विष्णुप्रसाद प्रसाईं, मुक्ति समाजका प्रदेश कमिटि अध्यक्ष सोमनाथ पोर्तेल, प्रदेश कमिटि सदस्य राजु कार्की, क्षेत्र नं. १ का संयोजक डिल्लीराम घिमिरे, सहसंयोजक टिका मंग्राती, सांसदद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर अध्यक्ष राजु पोखरेल लगायतले अभियानका बारेमा प्रकाश पारेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
