खबरमञ्च साप्ताहिक ‘क’ बर्गमा
मेचीनगर । खबरमञ्च साप्ताहिक ‘क’ बर्गमा वर्गिकरण भएको छ । प्रेस काउन्सिल नेपालले आज सार्बजनिक गरेको पत्रपत्रिकाको वर्गिकरण नतिजा अनुसार खबरमञ्च साप्ताहिक ‘क’ बर्गमा पर्न सफल भएको छ । अघिल्लो बर्ष ‘ख’ बर्ग मा थियो ।
विगत २ वर्षदेखि सार्वजनिक हुन नसकेको नतिजा अहिले आएर सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो ।

आ.व. २०७५÷०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये २१९ वटा पत्रिका क वर्गमा, ४७६ वटा ख वर्गमा १३७ वटा ग वर्गमा र १५ वटा घ वर्गमा परेको हो । ३६ वटा पत्रिका नियमित प्रकाशित भएको भएतापनि हुबहु प्रकाशित भएको कारणले गर्दा वर्गिकरणमा पर्न सकेनन् ।
त्यस्तै आ.व. २०७६÷०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये २३९ वटा क वर्गमा ४३१ वटा ख वर्गमा १६३ वटा ग वर्गमा परेका छन् भने घ वर्गमा कुनैपनि पत्रिका छैनन् । ४५ वटा पत्रिका नियमित प्रकाशित भएको भएतापनि हुबहु प्रकाशित भएको कारणले गर्दा वर्गिकरणमा पर्न सकेनन् ।
नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने व्यवस्था छ ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

