खुट्टीडाँगी वनको अध्यक्षमा पुनः टंक नेपाल

धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः टंकबहादुर नेपाल चयन भएका छन् ।
गत माघ १० गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा उनीसहित कार्यसमिति चयन गरिएको हो । नेपाल वन समितिको अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् । सरल र इमान्दार छवि बनाएका उनी लोकप्रिय मानिन्छन् ।
समितिको उपाध्यक्षमा इन्दिरा नेपाल, सचिवमा सुष्मा कार्की डोली, सहसचिवमा गणेशप्रसाद भट्टराई र कोषाध्यक्षमा मनकुमारी गुरुङ चयन भएका छन् । सदस्यमा छत्रबहादुर श्रेष्ठ, डिल्लीराम विश्वकर्मा, चित्रकुमार थापा, जुना राई, यसोदा प्रसाईं, टिका डाँगी, सुजिता बडाल नेपाल, विर्ख कटुवाल र धुत धिमाल चयन भएका छन् ।
निर्वाचित अध्यक्षसहित कार्यसमितिको पद हस्तान्तरण र पदभार ग्रहण शनिवार सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक शिवकुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य रेनुका डाँगी, नेपाली काँग्रेस मेचीनगर वडा नं. ९ का सभापति उद्धब बानियाँ, माओवादी केन्द्रका मेचीनगर सदस्य भक्ति आचार्य, राप्रपाकी जिल्ला सदस्य अस्मिता खरेल, वनकी पूर्व कोषाध्यक्ष लीलादेवी गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...