खुट्टीडाँगी वनको अध्यक्षमा पुनः टंक नेपाल
धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः टंकबहादुर नेपाल चयन भएका छन् ।
गत माघ १० गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा उनीसहित कार्यसमिति चयन गरिएको हो । नेपाल वन समितिको अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् । सरल र इमान्दार छवि बनाएका उनी लोकप्रिय मानिन्छन् ।
समितिको उपाध्यक्षमा इन्दिरा नेपाल, सचिवमा सुष्मा कार्की डोली, सहसचिवमा गणेशप्रसाद भट्टराई र कोषाध्यक्षमा मनकुमारी गुरुङ चयन भएका छन् । सदस्यमा छत्रबहादुर श्रेष्ठ, डिल्लीराम विश्वकर्मा, चित्रकुमार थापा, जुना राई, यसोदा प्रसाईं, टिका डाँगी, सुजिता बडाल नेपाल, विर्ख कटुवाल र धुत धिमाल चयन भएका छन् ।
निर्वाचित अध्यक्षसहित कार्यसमितिको पद हस्तान्तरण र पदभार ग्रहण शनिवार सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक शिवकुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य रेनुका डाँगी, नेपाली काँग्रेस मेचीनगर वडा नं. ९ का सभापति उद्धब बानियाँ, माओवादी केन्द्रका मेचीनगर सदस्य भक्ति आचार्य, राप्रपाकी जिल्ला सदस्य अस्मिता खरेल, वनकी पूर्व कोषाध्यक्ष लीलादेवी गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
