मेचीनगरमा वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना
मेचीनगर । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार १४८ जनाको एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।
काँकरभिट्टा नाकामा ९९ जना र मेचीनगर नगरपालिका कार्यलयमा ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नाकामा २० जना र नगरपालिकामा गरिएको टेष्टमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सापकोटाले बताइन् ।
नाकाका संक्रमित २० मध्ये ४ जना मेचीनगरबासी तथा नगरपालिका कार्यलयमा टेष्ट गरिएका ८ जना संक्रमितमा वडाध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी रहेको उनले जानकारी दिइन् ।
संक्रमित २८ जनामध्ये १२ जना मेचीनगरका हुन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । बाँकी १६ जना संक्रमित झापा र त्यहाँदेखि बाहिर जिल्लाका हुन् । उनीहरुलाई पनि मेची अस्पताल भद्रपुर पठाईएको काँकरभिट्टा हेल्थ हेल्प डेक्सका स्वास्थ्यकर्मी हरिचरण सापकोटाले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
