मेचीनगरमा वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना

मेचीनगर । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार १४८ जनाको एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।
काँकरभिट्टा नाकामा ९९ जना र मेचीनगर नगरपालिका कार्यलयमा ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नाकामा २० जना र नगरपालिकामा गरिएको टेष्टमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सापकोटाले बताइन् ।
नाकाका संक्रमित २० मध्ये ४ जना मेचीनगरबासी तथा नगरपालिका कार्यलयमा टेष्ट गरिएका ८ जना संक्रमितमा वडाध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी रहेको उनले जानकारी दिइन् ।
संक्रमित २८ जनामध्ये १२ जना मेचीनगरका हुन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । बाँकी १६ जना संक्रमित झापा र त्यहाँदेखि बाहिर जिल्लाका हुन् । उनीहरुलाई पनि मेची अस्पताल भद्रपुर पठाईएको काँकरभिट्टा हेल्थ हेल्प डेक्सका स्वास्थ्यकर्मी हरिचरण सापकोटाले बताए ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...