इलामको अन्तुमा रहेको चिया कारखानामा आगलागी, नियन्त्रणमा आउन सकेन

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार (आज) दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
आगोले चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार, कारखानामा रहेका सबै तयारी चिया जलेर नष्ट भएको पशुपतिनगरका प्रहरी निरीक्षक इन्सपेक्टर देउप्रसाद लिम्बूले जानकारी दिए ।
अहिले सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबाट करोडौको क्षति भएको सञ्चालक किसन गिरीले जनाए ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...