चारआली जेसीजको प्रि ईन्डक्सन तथा लोम अफिसर ट्रेनिङ सम्पन्न
चारआली । मेचीनगर–१३ चारआलीमा एक दिने प्रि ईन्डक्सन तथा लोम अफिसर ट्रेनिङ २०७८ सम्पन्न भएको छ । चारआली जेसीजको पहिलो कार्यक्रम अन्तरगत प्रि ईन्डक्सन ट्रेनिङ एवं लोम अफिसर ट्रेनिङ २०७८ माघ १ गते शनिवारका दिन मेचिनगर १३ अवस्थित फ्रेन्डसिप कर्नर एण्ड पार्टि प्यालेसमा सम्पन्न भएको हो ।

बर्ष २०२२ का शाखा अध्यक्ष जेसि वीर बहादुर बेघा (बिरु) ज्युको अध्यक्षता तथा बर्ष २०२२ का तालिम निर्देशक जेसि भुपेन्द्र प्याकुरेल को संयोजकत्वमा भएको कार्यक्रमको मुल प्रशिक्षण दमक जेसिज बर्ष २०१७ का शाखा अध्यक्ष जेसि गोबिन्दराज कट्टेल रहेका थिए । बर्ष २०२२ का पदाधिकारि तथा उल्लेखनीय सख्यामा प्रशिक्षार्थिको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक कट्टेलले पदिय जिम्मेवारी र कर्तब्य तथा जेसिजको लक्ष्य र उद्देश्यको बारेमा अबगत गराएका थिए ।

उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष (चारआलि जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष) कुमार सिंह सावा लिम्बू रहेका थिए । समापन समारोहको प्रमुख अतिथि क्षेत्र क का लागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसि दिपेन्द्र निरौला रहेका थिए ।

कार्यक्रममा चारआली जेसीजका संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल, बर्ष २०१७ का शाखा अध्यक्ष जेसि धन बहादुर तामाङ, बर्ष २०२० का शाखा अध्यक्ष जेसि दिपेन्द्र निरौला (बिकास) उपस्थिति रहेको कार्यक्रमको संचालन बर्ष २०२२ का महासचिव सुजुप सुवेदीले गरेका थिए ।

झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
