मेचीनगरका १७ बर्षीय फुयल क्यान्सरबाट पीडित, जिवन बचाइदिन आग्रह
इटाभट्टा । क्यान्सर रोगबाट पीडित बनेका झापा मेचीनगर–८ बिरेन्द्र स्मृति नगर टोलका १७ बर्षीय नविन फुयलको उपचारका लागि आर्थिक अभाब भएको छ । मेरुदण्डको क्यान्सर प्रमाणित भए पछि उपचार भईरहेको फुयलको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउने समस्या भएको हो ।
शुरुमा ढाड दुखाई भए पछि स्थानीय अस्पतालहरुमा उपचार गराउँदा बिरामी पत्ता नलागे पछि काठमाण्डौको बिएण्डबी अस्पतालमा एमआरआई गराँउदा मेरुदण्डको छेउमा मासु पलाएको देखिए पछि चिकित्सकको सल्लाहा अनुसार क्यान्सर भए नभएको पत्ता लगाउन दिल्ली लगिएको थियो । पुस २४ गते दिल्ली पुगेका नविनको त्यहाँ क्यान्सर भएको पुष्टि भएको थियो । बिरामीको उपचार भारतको दिल्लीस्थीत इन्दिरा गान्धी क्यान्सर अस्पतालमा भइरहेका छ ।

उपचार गर्दा पूर्ण रुपमा बिरामी ठिक हुने र त्यसका लागि ८ महिनाको समय लाग्ने र करीब ३० लाख नेपाली रुपैया खर्च हुने नविनकी आमा सुमित्रा फुयलले बताइन् । नविनलाई बचाउन रकम संकलन गर्ने अद्देश्यले स्थानिय स्थानीय उदय भण्डारीको संयोजकत्वमा नविन फुयल बचाउन अभियान गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा नविन फुयल बचाउ अभियानका पदाधिकारीहरु ।
आज अभियानका तर्फबाट बिरामी फुयलकै घरमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरि नविनको जिबन बचाउनका लागि उपिल गरिएको छ । आमा सुमित्राले आफ्नो एक्लो छोरो नविनलाई बचाइदिन सबैलाई आग्रह गरेकी छन् । मेचीनगर ८ स्थीत आदर्श माविमा कक्षा १२ मा अध्ययरत बिद्यार्थी नविन पढाईमा अब्बल रहेको र पढाईका साथसाथै कथा, कविता लगायतका साहित्यिक गतिविधिमा समेत सक्रिय भएको अभियानका संयोजक उदय भण्डारीले बताए ।

नविनको उपचार खर्च जुटाउन सहयोगी दाताहरुलाई आग्रह गर्दै भण्डारीले भने, ‘एउटा प्रतिभाशाली युवकको जीवन बचाउन सबैले सकेको आर्थिक सहयोग गरिदिनु होला ।’ भण्डारीका अनुसार प्राइम बैंकमा उपचार कोषको खाता समेत खोलिएको छ । संयोजक उदयकुमार भण्डारी, सचिब रिजेस प्रधान र नविनकी आमा सुमित्रा फुयलको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी प्राईम बैंक इटाभट्टामा खाता नंं १०७००३४९ एस ए खाता सञ्चालन गरिएको र उक्त खातामा रकम जम्मा गरिदिएर नविनको जीवन रक्षाका लागि सहयोग गरिदिन हुन बचाउ समितिले सबैमा आग्रह गरेको छ ।
सिटि रिक्सा चलाएर परिवार चलाइरहनु भएका नविनका बुवा छोरा बिरामी भए पछि त्यही सिटि रिक्सा नै बेचेर छोराको उपचारका लागि दिल्ली अस्पतालमा छोराको सहयोगीका रुपमा बस्नु भएको छ ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

