खुट्टीडाँगी वनको सभामा दाता सम्मानित

धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–९ को २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । चार वर्षे कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।
वन समूहका अध्यक्ष टंकबहादुर नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा सिमसार क्षेत्रको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण उपलब्धि हासिल गरिएका उल्लेख छ । वन समूह परिसरमा रहेको सिमसार क्षेत्रमा आकर्षक बाल उद्यान रहेको छ । त्यस्तै, पर्यटन प्रवेश गेट आकर्षक फुलबारी, वनको वरिपरि रिङरोड बनाउने लगायतका महत्वपूर्ण पूर्वाधारहरु सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।
वन समूहका अध्यक्ष टंकबहादुर नेपालको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी प्रमुख अथिति रहेका थिए । उनले वन विकाससँगै वैकल्पिक आम्दानीको बाटो खोज्नुपर्ने बताए । उनले सिमसारलाई सुन्दर चिल्ड्रेन पार्कको रुपमा विकास गर्न सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा सिमसार क्षेत्रको पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा तिलबिक्रम र यसोदा प्रसाईं, सोमनाथ ओझा, गणेशबहादुर कार्की, खोमनाथ खनाल र दलबहादुर विश्वकर्मा छन् । दाताहरुले सिमसार परिसरमा पिङ, गेटलगायतका पूर्वाधार बनाइदिएका हुन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य संगीता थापा, मेचीनगर वडा नं. ९ का वडा अध्यक्ष गोपाल खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वन समूह सचिव इन्दिरा नेपालले स्वागत गरेको कार्यक्रम सञ्चालन कार्यालय सचिव राजु धिमालले गरेका थिए । यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
साधारणसभाले निर्वाचन सम्पन्न गर्न शिव रेग्मीको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ । समितिले निर्वाचन प्रकिया अगाडि बढाउनेछ । उक्त वनमा ३२० जना उपभोक्ता छन् ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...