झापा एमालेको अध्यक्षमा कार्कीसहित पदाधिकारीमा सर्वसम्मत
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/01/uml-e1641644142742.jpg)
बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले नामावली प्रकाशन गर्न बाँकी छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/01/dipak-karki-11.jpg)
अध्यक्ष दिपक कार्की,
अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् । उपसचिवमा रेनुका डाँगीको चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेद्वार बनिन् ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/01/mohan-kazi.jpg)
मोहन काजी
यस्तै, पत्रकार तर्फ मोहन काजी न्यौपाने सर्वसम्मत भइसकेका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । सो कोटामा उनको बाहेक उम्मेद्वारी परेको छैन । भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएका छन् । निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्नेहरुको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ । नामावली प्रकाशन गर्न ८ बज्ने बुझिएको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...