झापा एमालेको अध्यक्षमा कार्कीसहित पदाधिकारीमा सर्वसम्मत
बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले नामावली प्रकाशन गर्न बाँकी छ ।

अध्यक्ष दिपक कार्की,
अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् । उपसचिवमा रेनुका डाँगीको चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेद्वार बनिन् ।

मोहन काजी
यस्तै, पत्रकार तर्फ मोहन काजी न्यौपाने सर्वसम्मत भइसकेका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । सो कोटामा उनको बाहेक उम्मेद्वारी परेको छैन । भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएका छन् । निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्नेहरुको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ । नामावली प्रकाशन गर्न ८ बज्ने बुझिएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
