युवा संघ मेचीनगरमा समानान्तर कमिटी !
मेचीनगर । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको मेचीनगर कमिटी घोषणासँगै विवाद सुरु भएको छ । आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत दुईवटा अलग–अलग कमिटी सार्वजनिक गरिएको छ ।
युवा संघ मेचीनगरको गत कात्तिकमा नगर अधिवेशन भएको थियो । अधिवेशनले नयाँ कमिटी बनाउन निर्वाचन कमिटी बनाएर काम अघि बढाएको थियो । निर्वाचन कमिटीमा एमाले नेता देवकुमार राईको संयोजक थिए । उनको नेतृत्वमा रहेको निर्वाचन कमिटीले मेचीनगर अध्यक्षमा मानबहादुर तामाङ, उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा श्याम सिवाकोटी, उपसचिव विवेक खवास, कोषाध्यक्ष न्युटन कार्की रहेको युवा संघ कमिटी घोषणा गरेको छ ।
तर, उक्त कमिटी घोषणाप्रति युवा संघका केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । निर्वाचन गरेर कमिटी बनाउन आग्रह गर्दा पनि निर्वाचन कमिटीले आफूखुशी नाम घोषणा गरेको युवा संघका नेता राजु धिमालले बताए ।
असन्तुष्टि चुलिएसँगै अर्को पक्षबाट युवा संघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा कृष्ण श्रेष्ठ रहेको सार्वजनिक गरिएको छ । कमिटीको उपाध्यक्षमा रतन लिम्बू, सचिव तिलक श्रेष्ठ, उपसचिव सरोज खड्का र कोषाध्यक्ष बिनिता मोक्तान रहेको कमिटी फेसबुकमार्फत घोषणा गरिएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
