ट्राफिक सप्ताह : काँकरभिट्टामा सचेतनामूलक कार्यक्रम
काँकरभिट्टा । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले पुस ४ गतेदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । साताव्यापी सचेतनामूलक कार्यक्रम अन्तर्गत मंगलबार काँकरभिट्टा ट्राफिक प्रहरी कार्यालयले १० ठाउँमा ट्राफिक सङ्केत बोर्ड राखेको छ ।
ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज यज्ञराज शर्माले ‘सातै दिन सातै काम सडक सुरक्षा हाम्रो अभियान’ अभियानअन्तर्गत मुख्य चोकहरुमा स्काउट र ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, सवारी चलाउँदा मोवाइलको प्रयोग नगर्ने, बाटो काट्दा जेव्राक्रसबाट मात्र बाटो काट्न सिकाउने सचेतनामूलक कार्यक्रम गरेको उनले बताए ।
अभियान अन्तर्गत स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङलाई ब्यवस्थित पार्ने इन्चार्ज शर्माले जानकारी दिए । साताव्यापी सचेतनामूलक कार्यक्रम अभियान पुस १० गतेसम्म सञ्चालन हुनेछ । साताव्यापी सचेतनामूलक कार्यक्रम अन्तगर्त कामना सेवा विकास बैंक इटाभट्टा शाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न टेवा पुर्याउने उदेश्यले ट्राफिक सङ्केत बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।
कामना सेवा विकास बैकले आफ्नो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी बिट इटाभट्टालाई उक्त ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण गरेको हो । बैकले एक कार्यक्रमका बिच मंगलबार सो सामाग्री ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज शर्मालार्ई ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख खीमलाल भुसाल, दमक क्लस्टर प्रमुख उमेश घिमिरे, इटाभट्टा शाखा प्रमुख रवि पौडेललगायतले उपस्थिति रहेको थियो ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...