भोली महेन्द्रद्वार सहकारी साधारण सभा, प्रदेश प्रमुख खापुङ आउने

काँकरभिट्टा । प्रदेश एकका प्रमुख परशुराम खापुङ बुधबार मेचीनगर आउने भएका छन् ।
काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख खापुङ आउने भएका हुन् ।
केहीदिन अघिमात्र संस्थाका अध्यक्ष दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर साधारण सभाको प्रमुख अतिथिका लागि निमन्त्रणा गरेका थिए ।
निमन्त्रणा स्वीकार गरेर प्रदेश प्रमुख खापुङ पहिलो पटक मेचीनगर आउने भएका हुन् ।
सत्तारूढ दलहरूको भाग बण्डामा प्रदेश नम्बर १ मा जनता समाजवादी पार्टीबाट केन्द्रिय कार्यकारिणी सदस्य खापुङ प्रदेश प्रमुख भएका हुन् ।
बुधबार साधारण सभा संस्थाको परिसरमा हुनेछ ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...