भोली महेन्द्रद्वार सहकारी साधारण सभा, प्रदेश प्रमुख खापुङ आउने
काँकरभिट्टा । प्रदेश एकका प्रमुख परशुराम खापुङ बुधबार मेचीनगर आउने भएका छन् ।
काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख खापुङ आउने भएका हुन् ।
केहीदिन अघिमात्र संस्थाका अध्यक्ष दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर साधारण सभाको प्रमुख अतिथिका लागि निमन्त्रणा गरेका थिए ।

निमन्त्रणा स्वीकार गरेर प्रदेश प्रमुख खापुङ पहिलो पटक मेचीनगर आउने भएका हुन् ।
सत्तारूढ दलहरूको भाग बण्डामा प्रदेश नम्बर १ मा जनता समाजवादी पार्टीबाट केन्द्रिय कार्यकारिणी सदस्य खापुङ प्रदेश प्रमुख भएका हुन् ।
बुधबार साधारण सभा संस्थाको परिसरमा हुनेछ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
