युवा संघ मेचीनगरको विस्तारीत बैठक सम्पन्न
काँकरभिट्टा । युवा संघ नेपाल मेचीनगर कमिटीको विस्तारीत बैठक तथा पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी निकट उक्त संगठनले पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरेको हो ।
त्यसक्रममा प्रमुख अतिथि घिमिरेले नेकपा एकीकृत समाजवादी स्थापनाको औचित्य, वर्तमान अवस्था, भावी रणनीति, युवासहित अन्य जनवर्गीय संगठनका विषयमा प्रशिक्षणमूलक मन्तव्य राखेकी थिइन् ।
मेची सामुदायिक भवनमा आयोजित कार्यक्रममा उक्त पार्टीका प्रदेश कमिटी सदस्य ताराराज ओली, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य शंकर थापा, पार्टीका नगर कमिटी अध्यक्ष अर्जुन पौडेललगायतले शुभकामनासहित विचार राखेका थिए ।
सो अवसरमा युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य विमला देवकोटा, पार्टी जिल्ला कमिटी सदस्य भाष्कर घिमिरे, वीपी भट्टराई, निरोज कट्टेल, नगर उपाध्यक्ष चेतन विष्ट, सचिव हरि तिम्सिनालगायतको उपस्थिति थियो ।
संघका नगर कमिटी अध्यक्ष पुष्कर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत नगर सदस्य दिक्षा खड्का र सञ्चालन नगर सचिव कृष्ण राजवंशीले गरेका थिए ।
सो कार्यक्रममा युवा संघ नेपालका नगरस्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


