एमाले मेचीनगरको अध्यक्षमा पोखरेल
मेचीनगर । नेकपा एमाले मेचीनगरको अध्यक्षमा राजु पोखरेल र उपाध्यक्षमा दिनेश राजबंशी सर्वसम्मत चयन भएका छन् ।
एमाले मेचीनगर पदाधिकारी चयन कार्यदलका संयोजक हरिचरण बानियाँका अनुसार अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन भएको छ ।
बाँकी पदहरुमा पनि सर्बसम्मतको प्रयास भईृरहेको उनले बताए । मंगलबार एमाले पार्टी कार्यालय काँकरभिट्टामा नगर कमिटिको नाम सार्वजनिक तथा सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न हुने संयोजक बानियाँले बताए । अध्यक्ष पोखरेल मेचीनगर–६ निवासी हुन भने उपाध्यक्ष राजबंशी ईटाभट्टा निवासी हुन ।
पार्टीका एक नेताका अनुसार सचिवमा मेचीनगर–९ का कञ्चन तामाङ, उपसचिवमा मेचीनगर–१२ का जगनाथ भट्टराई र मेचीनगर–२ का डेनु मगरलाई चयन गर्ने नेतृत्वबीच सहमति भएको बुझिएको छ ।
एमाले मेचीनगरमा ५ पदाधिकारी र ७० जना सदस्यसहित ७५ जनाको नगर कमिटी गठन हुनेछ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
