एकीकृत समाजवादी मेचीनगरको अध्यक्षामा पौडेल
झापा । नेकपा एकीकृत समाजवादीको मेचीनगर अध्यक्षमा अर्जुन पौडेल चयन भर्एका छन् । मेचीनगरको इटाभट्टामा आयोजित मेचीनगर भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् । एमाले नेता रविन कोइराला, गोपाल बुढाथोकी र पौडेल एमालेमा ओली विरोधी नेता भनेर चिनिन्थे ।

पछिल्लो समयमा कोइराला र बुढाथोकीले ओलीलाई नै साथ दिँदा नेता पौडेल भने माधव नेपाल पक्षमा उभिएका नेता हुन् ।
मेचीनगर उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।

युवासंघ नेपाल मेचीनगर कमिटी पनि बनेको पार्टीका युवा नेता दुर्लभ परासरले जानकारी दिए । उनका अनुसार युवा संघ अध्यक्षमा पुस्कर बस्नेत, सचिवमा कृष्ण राजवंशी र उपसचिवमा तुलसा कट्टेल चयन भएका छन् । युवा संघ पनि ५१ सदस्यीय छ । कार्यक्रममा पुराना वामपन्थी नेता ताराराज ओली, समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतको उपस्थिति थियो ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

