श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषदको अध्यक्षमा पुन : मिलन


बिर्तामोड । श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको अध्यक्षमा मिलन बस्नेत सर्वसम्मत भएका छन् । आज बिहिबार श्री देवचन्द्र सदनमा भएको परिषदको ५३ औं साधारणसभा तथा जिल्ला अधिवेशनबाट बस्नेत परिषदको अध्यक्षमा पुःन दोस्रो कार्याकालकालागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनबाट अध्यक्ष बस्नेत सहित सम्पूर्ण पादाधिकारी ३ बर्षे कार्यकालकालागि सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको १७ सदस्यिय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बिष्णुप्रसाद प्रसाई र मुरलिधर कोइराला महासचिव गिरिधर कट्टेल, सचिव दिपक दिनेश दाहाल, कोषाध्यक्ष, कालीप्रसाद रिजाल, सह-कोषाध्यक्ष, देवीप्रसाद खनाल, सदस्यहरुमा , हरिप्रसाद कडरिया, मोहन कोइराला, शर्मा, रामकुमार खनाल,नरेन्द्र प्रसाद मैनाली, विमलराज पाण्डे, दुर्गा प्रसाद पाण्डे, रामनाथ उप्रेती, ताराप्रसाद खतिवडा, युवराज खतिवडा, दिपेन्द्र अधिकारी रहेका छन् । उनीहरुलाई निर्वाचन संयोजक शान्तिप्रसाद सापकोटा, सारदाप्रसाद थपलिया, कृष्ण बजगांई, चन्द्र डांगी, प्रेमकुमारी भट्टराईले टिका लगाउनुका साथै प्रमाणपत्र वितरण तथा सपथ गराएका थिए ।

जिल्लाका बिभिन्न प्रासहरु , प्रतिनिधि, पर्यवेक्षक सुन्दरसाथहरुको उपस्थितीरहेको अधिवेशनको उद्घघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कर्मठयोगी सन्त श्री १०८ कृष्णदासजी महाराजले परिषदले सामाजिक क्षेत्रमा उल्लेखिय योगदान पु¥याएको स्मरण गर्दै समाजमा हरेक क्षेत्रमा सकारात्मक सोचको विकास गर्न तथा दुव्र्यसन मुक्त समाज निमार्णमा परिषदले ठुलो योगदान पुर्याउंदै आएको बताएका थिए ।
कार्यक्रममा भागवत भाष्कर श्री प्रमोद सुधाकाजी महाराज ९बृन्दाबन०, श्री कृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका सन्त श्री जगतनन्दन महाराज, सतगुरु देवचन्द्र सदनका अध्यक्ष हरी प्रसाद कडरिया, धुलाबारी कृष्ण प्रणामी मन्दिरका अध्यक्ष जीवनकुमार सापकोटा, कृष्ण प्रणामी युवा परिषद प्रदेश नम्बर १ का अध्यक्ष अनिल ढुङ्गाना, सत्संग सेवा परिषद झापाको पूर्व अध्यक्ष प्रजापति कोइराला, वाइजुराज संघ झापा अध्यक्ष प्रेमकुमारी भट्टराई, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

परिषदका महासचिव मुरलीधर कोइरालाले संचालन गरेको कार्यक्रममा हालै निर्वाचित भएका कृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओली, निवर्तमान अध्यक्ष सुबास रिजाललाई सम्मान पनि गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अध्यक्ष बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य परिषदका उपाध्यक्ष विष्णुप्रसाईले गरेका थिए भने कार्यक्रममा स्वागत भजन प्रमिला कोईराला गौतमले प्रस्तुत गरेकी थिइन । साथै कार्यक्रममा निर्वाचित अध्यक्ष बस्नेतले आफ्नो तीन बर्षे कार्यकालमा सबैलाई समेटेर जाने तथा सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेखनिय र स्मरण गर्न लायक कामहरु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।