सशस्त्र प्रहरीको गणमै पुग्यो एटीएम सेवा
भद्रपुर । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ नं. गणमा मेगा बैंकले एटीएम सुविधा पुर्याएको छ ।
गणको मूलढोका बाहिर सुरु भएको एटीएम सेवाको आज एक समारोहबीच सशस्त्र प्रहरी बल २ नं। हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा बैंकका प्रदेश नं. १ का मेनेजर विवेक न्यौपाने लगायतको उपस्थिति थियो । कोरोना महामारीका बेला बैंकबाट नगद झिक्न सजिलो होस् भनेर मेगा बैंकले एटीएम राखिदिएको पाण्डेले बताएका छन् ।
गणमा आवद्ध ६०० भन्दा बढीले बैंकमा खाता खोल्ने र एटीएम लगायतको सुविधा उपयोग गर्ने आशा गरिएको बैंकका प्रादेशिक मेनेजर न्यौपानेले बताए ।

अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

