काँकरभिट्टा नाकाबाट आवतजावत गर्ने यात्रीका लागि लायन्स क्लबले गर्यो पिउँने पानीको निशुल्क व्यवस्था

मेचीनगर । लायन्स क्लब अफ मेचीनगर र लिओ क्लब मेचीनगरले सिमानाकामा आवतजावत गर्ने यात्रीका लागि निशुल्क पिउनेपानीको व्यवस्था गरिदिएको छ ।
प्रवेशद्वारबाट नेपाल भारत आउने जाने यात्री तथा आम सर्वसाधारणको सेवाका लािग पिउने पानीको व्यवस्था गरिएको लायन्स क्लब अफ मेचीनगरका सचिव नवराज प्रधानले बताए ।
लायन्स क्लब मेचीनगरका प्रेसिडेन्ट सन्तोष आचार्यको अध्यक्षमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख डिएसपी सुनिल दहालले सेवाको उद्घाटन गरेका हुन् ।
लिओ क्लब मेचीनगरका अध्यक्ष अभिजीत दवाडीले संचालन गरेको उक्त कार्यक्रममा लायन्स सेक्रेटरी नवराज प्रधानले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा लायन क्लबका प्रथम उपाध्यक्ष मोहन मैनाली सहित लायन बोर्ड मेम्बर डम्बर खवास, सजीत तामाङ ,ज्याक पोख्रेल , सनम भट्टराई , सुरेस तिवारी र लिओ क्लब मेचीनगरका मेम्बर लगायतको उपस्थिति रहेको थियो ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...