काँकरभिट्टा नाकाबाट आवतजावत गर्ने यात्रीका लागि लायन्स क्लबले गर्यो पिउँने पानीको निशुल्क व्यवस्था
मेचीनगर । लायन्स क्लब अफ मेचीनगर र लिओ क्लब मेचीनगरले सिमानाकामा आवतजावत गर्ने यात्रीका लागि निशुल्क पिउनेपानीको व्यवस्था गरिदिएको छ ।
प्रवेशद्वारबाट नेपाल भारत आउने जाने यात्री तथा आम सर्वसाधारणको सेवाका लािग पिउने पानीको व्यवस्था गरिएको लायन्स क्लब अफ मेचीनगरका सचिव नवराज प्रधानले बताए ।
लायन्स क्लब मेचीनगरका प्रेसिडेन्ट सन्तोष आचार्यको अध्यक्षमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख डिएसपी सुनिल दहालले सेवाको उद्घाटन गरेका हुन् ।
लिओ क्लब मेचीनगरका अध्यक्ष अभिजीत दवाडीले संचालन गरेको उक्त कार्यक्रममा लायन्स सेक्रेटरी नवराज प्रधानले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा लायन क्लबका प्रथम उपाध्यक्ष मोहन मैनाली सहित लायन बोर्ड मेम्बर डम्बर खवास, सजीत तामाङ ,ज्याक पोख्रेल , सनम भट्टराई , सुरेस तिवारी र लिओ क्लब मेचीनगरका मेम्बर लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
