शनिबारदेखि पेट्रोल पम्प बन्द– पेट्रोलियम मजदुर
बिर्तामोड । अखिल नेपाल पेट्रोलियम मजदुर संघले प्रदेश नम्वर १ समितिले कोरोना भाइरस विरुद्धको खोप वितरणमा सरकारले विभेद गरेको बताएको छ ।
पेट्रोलियम मजदुरलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध नगराए शनिवारबाट काम ठप्प पार्ने चेतावनी दिएको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै जबसम्म मजदुरलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध नगराएसम्म काम ठप्प पार्ने चेतावनी दिएको हो ।
अखिल नेपाल पेट्रोलियम मजदुर संघ प्रदेश समिति इचार्ज अर्जुन कार्की र प्रदेश १ अध्यक्ष कृष्ण प्रसाद दुङगेले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ –‘अग्रभागमा रहेर काम गर्ने झापा जिल्ला रहेका पेट्रोल पम्पका काम गर्ने मजदुरलाई उपलव्ध नगराएकाले यथास्थितिमा कार्य सम्पादन गर्न सकिदैन । ’

काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
