शनिबारदेखि पेट्रोल पम्प बन्द– पेट्रोलियम मजदुर
बिर्तामोड । अखिल नेपाल पेट्रोलियम मजदुर संघले प्रदेश नम्वर १ समितिले कोरोना भाइरस विरुद्धको खोप वितरणमा सरकारले विभेद गरेको बताएको छ ।
पेट्रोलियम मजदुरलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध नगराए शनिवारबाट काम ठप्प पार्ने चेतावनी दिएको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै जबसम्म मजदुरलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध नगराएसम्म काम ठप्प पार्ने चेतावनी दिएको हो ।
अखिल नेपाल पेट्रोलियम मजदुर संघ प्रदेश समिति इचार्ज अर्जुन कार्की र प्रदेश १ अध्यक्ष कृष्ण प्रसाद दुङगेले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ –‘अग्रभागमा रहेर काम गर्ने झापा जिल्ला रहेका पेट्रोल पम्पका काम गर्ने मजदुरलाई उपलव्ध नगराएकाले यथास्थितिमा कार्य सम्पादन गर्न सकिदैन । ’

धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


