खवरमञ्च साप्ताहिक : आवाजविहीनहरुको आवाज बन्न सकोस्

मेचीनगरबाट नियमित प्रकाशित हुँदै आएको खवरमञ्च साप्ताहिक पत्रिका २०७३ साउनको पहिलो बिहीवारबाट छैठौँ वर्षमा प्रवेश गरेको छ ।
मोफसलमा रहेर ग्रामीण पत्रकारिता गर्दै आवाज विहीनहरुको आवाज बन्दै आएको यो पत्रिकाले धेरै कठिन परिस्थितिको सामना गर्दै छैठौँ वर्षमा प्रवेश गरेको खबर सुन्न पाउँदा खुशी लागेको छ । मोफसलमा पत्रकारिता गर्नु र सञ्चार माध्यम सञ्चालन गर्नु आफैंमा चुनौतिपूर्ण भए पनि यो कठिन परिस्थितिमा अनेक आरोह अवरोह पार गर्दै पत्रिकालाई पठनीय बनाउँदै जीवन्त राख्न सफल हुनु भएकोमा पत्रिकाका प्रकाशक तथा सम्पादक मित्र प्रकाश पौडेल तथा पत्रिकाको सिंगो टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु ।
पछिल्लो डेढ वर्षयता विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा प्रिन्ट मिडिया समेत पर्न गयो, जसको कारण राष्ट्रिय स्तरदेखि मोफसलका पत्रिकाले संकटको सामना गरिरहेका छन् । लामो समयसम्मको लकडाउन र कोरोनाको त्राससँगै धेरै प्रिन्ट मिडिया बन्द भइसकेका छन् भने कैयौँको रोजगारी समेत खोसिएको छ । यस्तो विषम परिस्थितिमा समेत खवर मञ्चले आफुलाई दर्बिलो रुपमा उभ्याउन सफल भई छैठौँ वार्षिक उत्सव मनाउन सफल हुनु सिंगो झापाली पत्रकारहरुको लागि समेत खुसीको विषय हो ।
पत्रिका प्रकाशन गर्नु ठूलो कुरा होइन । सही, यथार्थ र तथ्यपरक समाचार सम्प्रेषणले मात्र ठूलो महत्व राख्दछ । त्यसैले आगामी दिनमा खवरमञ्च अझ विश्वसनीय अखवार बन्न सकोस् शुभकामना छ । पछिल्लो समय सञ्चार क्षेत्रको तीब्र विकाससँगै डिजिटल प्रविधि तथा अनलाइन पत्रकारिताको विकास भएको छ । विश्वका जुनसुकै स्थानमा भएका घटना छिनभरमै पाठकमा पुर्याएर सही सूचना प्रवाह गर्न सकिने डिजिटल युगमा साप्ताहिक पत्रिकालाई पठनीय बनाउनु चानचुने कुरा होइन । पछिल्लो समय खबर मञ्चले छिटो, छरितो र विश्वसनीय समाचार सम्प्रेषण गर्न खबरमञ्च अनलाइन पोर्टल समेत सञ्चालनमा ल्याएर विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ ।
पत्रकारितालाई समाजको ऐनाको रुपमा चित्रण गरिएको छ । समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । समाज रुपान्तरण होस् या राजनीति र राज्य सत्ता परिवर्तन यस अभियानमा सञ्चार माध्यमहरुको भूमिका अग्रपंक्तिमा रहँदै आएको छ । यतिखेर सञ्चार माध्यमले भोग्नु परेको नियतिका बारेमा सरकार बेखवर छैन । तर पनि मोफसलका पत्रिका त्यसमा पनि साप्ताहिक पत्रिकालाई स्थानीय र प्रदेश सरकारले अझै महत्व दिएका छैनन् । यस विषम परिस्थितिमा संकटको सामना गरिरहेका सञ्चारमाध्यमलाई जीवन्त दिने काम सरकारको हो । यसबाट सरकार पन्छिन मिल्दैन ।
समाज रुपान्तरणको सम्बाहक बनेको यस पत्रिकाले आगामी दिनमा समेत आम पाठकमाझ तथ्यपरक सूचना, ज्ञान र मनोरञ्जन तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत महत्वपूर्ण स्थान दिँदै सत्यतथ्य, खोजमुलक समाचार सामाग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई गतिशील बनाउँदै लैजाने कार्यमा थप सफलता प्राप्त होस् । साथै, पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै भयरहित र निष्पक्ष रुपले समाजलाई सूचनाको सम्प्रेषण गर्न खबरमञ्च अझ बढी जिम्मेवार हुने छ भन्ने विश्वास लिएको छु ।
पछिल्लो समय नेपाली सञ्चारमाध्यमहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्था नेपाली पत्रकारिताको लागि चुनौतीको विषय हो । सञ्चारमाध्यममा राजनीतिक दलहरुको संरक्षण हुनु तथा समाचार लेखेकै कारणले अहिले पनि पत्रकारहरु आक्रमणको शिकार हुनु दुःखलाग्दो विषय हो । नेपाली पत्रकारितामा जकडिएको यो समस्याहरु समाधानका लागि आम पत्रकारहरु पनि गम्भीर बन्न जरुरी देखिन्छ ।
अन्त्यमा, खबरमञ्च साप्ताहिक पत्रिका छैठौँ वर्षमा प्रवेश गरेको यस खुशीका अवसरमा पत्रिकासँग आवद्ध प्रकाशक, सम्पादकीय टिम, कर्मचारी तथा सम्पूर्ण पाठक वर्गहरुलाई हार्दिक शुभकामना र पत्रिकाको सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
डम्बर बराल
प्रकाशक / सम्पादक : मेची आवाज साप्ताहिक

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...