मेरो मेचीनगर डटकमको प्रधान सम्पादकमा लुइटेल
काँकरभिट्टा । हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त भएका छन् । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर दिएको स्वेच्छिक राजीनामा कम्पनि सञ्चालक समितिको असार २५ गते बसेको पूर्ण वैठकले गौतमले कम्पनिलाई यहाँसम्म ल्याइपुर्याउन गरेको साथ सहयोग र अनलाइनको प्रधान सम्पादक भएर निभाउनु भएको भूमिकाको प्रशंसा गदैं राजीनामा स्वीकृत गर्ने र लुइटेललाई प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । गौतमलाई अनलाईनको १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय इटहरी सुनसरीको प्रमुखको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

नवनियुक्त प्रधान सम्पादक लुइटेललाई कम्पनिका अध्यक्ष उदयकुमार श्रेष्ठले शुक्रबार कम्पनिको कार्यालयमा नियुक्ती पत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमविइस÷ विएड) को अध्ययन गरेको लुइटेलले यसअघि नवदृष्टि साहित्य संकलन २०६२, मनन मासिक साहित्यिकलगायत अन्य पत्रपत्रिकामा सम्पादन मण्डलको भूमिकामा रहेर काम गरिसकेका छन् । उनको विभिन्न पत्र–पत्रिकाहरुमा लेखहरु प्रकाशित भएका छन् । निक्कै पोख्त र पत्रपत्रिकाहरुमा राम्रो अनुभव बटल्नु र ज्ञान प्राप्त गरिसक्नु भएका लुइटेललाई अनलाईनको प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्न पाउदा कम्पनि परिवार खुशी भएको अध्यक्ष श्रेष्ठको भनाई छ । अब पत्रिका र पत्रकार डिजिटल प्रविधिसँग खेल्न सक्ने र प्रविधि मैत्री हुन आवश्यक रहेको भन्दैं अध्यक्ष श्रेष्ठले विश्वका जुन सुकै कुनामा छरिएर रहेका हरेक मानिस अनलाईलनसँग जोडिन सकिने बताए ।

छोटो समयमै अनलाईन मिडियाले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौती दिन थालेको बताउदैं नवनियुक्त प्रधान सम्पादक लुइटेलले क्रमस परम्परागत मिडियाहरु अहिले पूर्णरुपमा अनलाईनमा निर्भर बन्दै जानुले तथा नेपालमै पनि अनलाईन पत्रकारिताको विकास तीव्र गतिमा भईरहेकोले पनि हरेक मानिसको आर्कषण अनलाईनतर्फ बढेको पुष्टि गरे ।

आजको युग भनेको सूचना तथा सञ्चार प्रविधिको युग भएको भन्दैं प्रधान सम्पादक लुइटेलले पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दै गएको बताउदैं सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अनलाईन पत्रकारिताको क्रेज हत्तै बढेको विचार राखे । अनलाईहरु आज समाचारको खुराक नै बनेका छन तर पनि नेट नहुने ठाउँको लागि अनलाईनहरु पहुँचभन्दा बाहिर छन यो अनलाईनको लागि चुनौतीको रुपमा रहेको उनको बुझाई छ । आफुले अनलाईनमा प्रधान सम्पादकको भूमिकामा इमान्दार र कर्तव्यनिष्ट भएर सक्रियताका साथ लाग्ने बताए । कम्पनिका प्रवन्ध निर्देशक सुजन प्रधान सम्पादक लक्ष्मी उप्रेतीलगायतले नवनियुक्त प्रधान सम्पादक लुइटेलाई खादा अविर पहिर्याएर बधाई ज्ञापन गदैं कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
