तेक्वान्दो खेलाडीको मेचीनगरलाई प्रश्न : दर्जनौ सम्मानित हुदाँ हाम्रो नाम खोई ?
मेचीनगर । खेलकुदका क्षेत्रबाट मेचीनगर नगरपालिकालाई बिश्वभर चिनाउन सफल भएको तेक्वान्दो खेललाई मेचीनगरले उपेक्षीत गरेको छ । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघ संस्था र व्यक्ति तथा खेलकुदको माध्यमबाट सिङो मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरु सम्मान गरिरहदा तेक्वान्दो विधाका कुनै पनि खेलाडीको नाम समावेश भएन ।
असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको समापनका अवसरमा खेलाडीहरलाई सम्मान गर्दा तेक्वान्दो विधाका कुनै पनि खेलाडीहरुको नाम समावेश भएन । नगरपालिकाको यो कार्यबाट खेलाडीको आत्मासम्मानमा तेक्वान्दो चोेट पुगेको छ ।
झापाको मेचीनगरमा हाल सातवटा डोजाङ दर्ता भइ सञ्चालनमा रहेका छन् । जस अन्तरगत पाँचसय ५० जना खेलाडी सहभागी छन् । तेक्वान्दो खेलबाट मेचीनगरबाट प्रतिनिधित्व गर्दै दक्षिण कोरियालगायतका देशमा भएको अन्तराष्ट्रिय खेल प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडी पनि छन् ।
मेचीनगरकै प्रतिनिधित्व गरि सन् २०१९ मा दक्षिण कोरिया तथा थाइलेन्डमा सम्पन्न अन्तराष्ट्रिय प्रतियोगितामा गोल्ड मेडलसमेत प्रप्त भएको थियो । तर मेचीनगर नगरपालिकाले सम्मान कार्याक्रममा ती खेलाडीलाई नगरपालिकाले उपेक्षा गरेको छ ।
खबरमञ्चसँग मेचीनगरका तेक्वान्दो खेलाडीले नगरपालिकाको यो कार्यबाट आफुहरुलाई चोट पुगेको बताएका छन् । ‘दर्जनौ खेलाडी सम्मानीत हुदाँ हाम्रो नाम खोई ?’ मेचीनगरको प्रतिनिधित्व गर्दे अन्तराष्ट्रिय प्रतियोगितामा गोल्ड मेडलसमेत जितेका एक तेक्वान्दो खेलाडीले नगरपालिकासँग खबरमञ्च मार्फत जबाफ मागेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...