छोराको जन्मोत्सवमा बुवाले गरिदिए गरिबको स्वास्थ्य विमा

मेचीनगर । मेचीनगरका एक मेडिकल सञ्चालकले आफ्नो छोराको जन्मोत्सवको अवसरमा विपन्न १० घरपरिवारको स्वास्थ्य विमा गरिदिएका छन् ।
धुलाबारीको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले आइतबार आफ्ना छोरा सौजल १२ औंँ वसन्त पूरा गरेको खुशीयालीमा विमा गरिदिएका हुन् । ओझाले वडा नं। ८, ९ र १० का विपन्न परिवारको पहिचान गरी १० परिवारको वडामा रहेका बीमाकर्तामार्फत् रकम जम्मा गरेको बताए । एक वर्षे अवधि रहने उक्त स्वास्थ्य बीमावापत प्रतिघरपरिवार ३५ सयका दरले ३५ हजार रुपैयाँ हुन आउँछ ।
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाशील ओझाले निषेधाज्ञाको समयमा पनि विपन्न परिवारको निशुःल्क स्वास्थ्य जाँच, औषधि वितरण गर्दै खाद्यान्न सहयोग गरेका थिए । छोराको जन्मोत्सवलाई स्वास्थ्य सेवामा समर्पित गरेको उनले बताए ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...